Comments Add Comment

रश्मीको ह्याट्रिकमा आर्मीको सहज जित

काठमाडौं । रश्मी घिसिङको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा उदयपुरको चौदण्डी नगरपालिकाविरुद्ध फराकिलो जित हात पारेको छ ।

शनिबार भएको दोस्रो चरणको पहिलो खेलमा दोस्रो स्थानमा रहेको आर्मीले चौदण्डीगढीलाई ९-० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक-एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफमा ३ गोल गरेको आर्मीले दोस्रो हाफमा  ६ गोल गरेको हो ।

रश्मले १९औं, ५२औं, ६०औं र ६३औं मिनेटमा गोल गरिन् । शर्मिलाले २३औं र ४०औं मिनेटमा गोल गरिन् । भुजुङ्गा राईले ७८औं र अन्जलीले ८८औं मिनेटमा गोल गरिन् । इन्जुरी टाइममा चौदण्डगढीका विदेशी खेलाडी एमित लेप्चाले आत्मघाती गोल गरेपछि आर्मीले सहज जित हात पारेको हो ।

चौदण्डीले भारतबाट चार विदेशी खेलाडी लिगका लागि अनुबन्ध गरेको थियो ।चौदण्डीगढी  गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो ।

जितपछि ७ खेलबाट १६ अंक जोडेको आर्मीले लिग लिडर एफीएफसंग अंकदूरी २ मा झारेको छ । चौदण्डीगढीको भने यो लगातार सातौं हार हो ।

जारी लिगमा सबै खेल हारेको चौदण्डी अंकविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment