Comments Add Comment

सप्तरीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

२५ माघ, सप्तरी । सप्तरी प्रहरीले भरुवा बन्दुकसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले आइतबार बिहान ४ बजेतिर उनीहरुको साथबाट एक थान भरुवा बन्दुक बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment