Comments Add Comment

फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प

२५ माघ, काठमाडौं । आइतबार फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको हो ।

त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पको कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment