+
+
Shares

ठूलो परिमाणमा लागूऔषध बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १८:०८

२५ माघ, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागूऔषध तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित खाँडो खोला छेउबाट आइतबार दिउँसो लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आइरहेका एक व्यक्तिको झोला चेक गर्ने क्रममा लागूऔषध बरामद भएको हो । ड्युटिमा खटिएको टोलीले झोला चेकजाँच गर्ने क्रममा लागूऔषध बोक्ने व्यक्ति भने भारततर्फ फरार भएको उनले बताए ।

झोलामा बुप्रेनोरफिन इन्जेक्सन ५९६ थान, डाइजेपाम इन्जेक्सन ६ सय थान, प्रोमेथाजाइन हाइड्राक्लोराइड इन्जेक्सन ५ सय ९९ थान र नाइट्राभेट ट्याब्लेट १२ सय थान लागूऔषध रहेको उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?