Comments Add Comment

जाजरकोटका ६ स्थानीय तह सञ्चार सेवाबाट वञ्चित

२६ माघ, जाजकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोट ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ ।

जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ ।

सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ । नयाँ निर्माण गर्ने भनिएका टावर समयमै निर्माण नहुँदा अर्को समस्या हुँदै आएको हो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । रुकुम-पश्चिमको घेत्मा रहेको टावरलाई सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment