+
+

प्रधानमन्त्रीका वकिललाई प्रधान न्यायाधीशले भने : हाम्रो बाध्यतालाई बुझ्नुहुन्न ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १२:३४

२६ माघ, काठमाडौं । आज पनि संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको बसहमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् ।

सरकारी निर्णयको प्रतिरक्षा गर्न आएका अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक-पटक आग्रह गरे ।

सुरुमा १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए। त्यसपछि पनि बहस गर्दै गर्दा प्रधान न्यायाधीशले रोके । उनले भने, ‘छोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को साथीलाई गाइड गर्नुहोला ।’

तर अधिवक्ता भट्टराईले अझै बहस गरिरहे । त्यसपछि जबरा अझै रिसाएर भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?