+
+
Shares

टेलिग्राम बन्यो सबैभन्दा धेरै डाउनलोड हुने एप, ह्वाट्सएप खस्कियो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १३:३९

टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

चालु वर्ष सन् २०२१ को जनवरी महिनामा नन गेमिङ एपतर्फ टेलिग्राम पहिलो नम्बरमा उक्लिएको हो ।

सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार जनवरी महिनामा टेलिग्राम एप विश्वमा ६ करोड ३० लाख पटक डाउनलोड भएको छ ।

स्मरण रहोस् सन् २०२० को डिसेम्बर महिनामा सर्वाधिक डाउनलोड हुने एपको पहिलो स्थानमा टिकटक थियो भने टेलिग्राम टप फाइभमा पनि थिएन ।

जनवरी २०२० मा भन्दा गत महिना टेलिग्राम एप ३.८ गुणा बढी डाउनलोड भएको छ ।

जनवरी महिनामा धेरै डाउनलोड हुने एपमा टेलिग्राम पछि दोश्रो स्थानमा टिकटक रहेको छ भने तेश्रो स्थानमा सिग्नल रहेको छ ।

त्यस्तै चौथो स्थानमा फेसबुकले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । ह्वाट्सएपको स्थानमा व्यापक गिरावट आएको छ र सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पाँचौँ स्थानमा झरेको छ ।

सर्वाधिक डाउनलोड हुने नन गेमिङ एपको छैटौँ स्थानमा इन्स्टाग्राम छ भने सातौँ स्थानमा जूम रहेको छ । त्यस्तै आठौँमा एम एक्स टाका टाक, नबौँमा स्नापच्याट र दशौँ स्थानमा फेसबुक मेसेन्जर रहेको छ ।

सेन्सर टावरको पछिल्लो रिपोर्ट अनुसार जनवरी महिनामा टेलिग्राम एप भारतमा सर्वाधिक डाउनलोड भएको छ । विश्वमा भएको कूल डाउनलोड मध्ये भारतको हिस्सा २६ प्रतिशत रहेको छ । अर्थात् जनवरी महिनामा भारतमा डेढ करोड पटक टेलिग्राम डाउनलोड भएको छ । दोश्रो स्थानमा इण्डोनेसिया रहेको छ । कूल डाउनलोडमा इण्डोनेसियाको हिस्सा १० प्रतिशत रहेको छ ।

त्यस्तै जनवरी महिनामा विश्वमा ६ करोड २० लाख पटक टिकटक डाउनलो भएको छ । त्यसमा १७ प्रतिशत हिस्सा चीनको छ भने १० प्रतिशत हिस्सा अमेरिकाको छ । स्मरण रहोस् भारतमा टिकटक एप प्रतिबन्धित छ ।

प्राइभेसी नीतिमा बदलाव सँगै ह्वाट्सएप प्रयोगकर्ताको संख्या तिव्र गतिमा घट्दै जाँदा मेसेजिङ एप प्रयोगकर्ताहरु टेलिग्राम तथा सिग्नल लगायतका एपप्रति आकर्षित हुँदै गएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?