Comments Add Comment

दक्षिण अफ्रिकामा अक्सफोर्डको खोपमा रोक

२६ माघ, काठमाडौं । दक्षिण अफ्रिकाले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको कोरोना खोपमा रोक लगाउने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)मा यो खोप कम प्रभावकारी देखिएसँगै दक्षिण अफ्रिकाले यो खोपमा तत्कालको लागि रोक लगाउने निर्णय गरेको हो । वैज्ञानिकहरुका अनुसार अहिले दक्षिण अफ्रिकाको ९० प्रतिशत संक्रमितमा कोरोनाको नयाँ प्रकार देखिएको छ ।

यद्यपि दक्षिण अफ्रिकाका दुई हजार मानिसमा गरिएको अध्ययनमा भने नयाँ प्रकारको कोरोनामा यो खोपले निकै कम मात्र सुरक्षा दिने पाइएको थियो । एस्ट्राजेनेकाबाट दक्षिण अफ्रिकाले १० लाख डोज कोरोना खोप पाएको थिए । आगामी साताबाट यो खोप आफ्ना नागरिकहरुलाई लगाउने दक्षिण अफ्रिकाको योजना थियो ।

आइतबार अनलाइन सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री ज्वेली मखिजले दक्षिण अफ्रिकाले यस विषयमा विशेषज्ञहरुको सल्लाह तथा परामर्शको प्रतीक्षा गरेर अर्को निर्णय गर्ने बताएका छन् । साथै उनले आगामी दिनमा फाइजर र जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई भने मुलुकमा दर्ताको लागि आह्वान गर्ने जानकारी दिएका छन् ।

अक्सफोर्डको खोप विकासकी प्रमुख प्रा. सराह गिल्बर्टले यो खोपले नयाँ प्रकारको कोरोनामा संक्रमण नियन्त्रण गर्न नसके पनि गम्भीर रोग लक्षणबाट भने बचाउने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment