+
+
Shares

मदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयो, नेतृत्वमा माधव थिए : लेखराज भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १७:०३

२६ माघ, धनगढी । नेकपा ओली समूहका नेता लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका छन् ।

ओली निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दरबार हत्याकाण्डको प्रतिवेदन जस्तै अमर लामा मारिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए ।

‘मदन भण्डारीको हत्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ’, उनले भने ।

भट्टले मदन भण्डारी हत्यासँग जोडिएका अमर लामाको मृत्यु पनि रहस्यमय रहेको बताए ।

‘अमर लामाको चाहिँ हत्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै माओवादी साथीहरुले समाते । भाग्न खोज्दा मर्‍यो भनेको छ । मारियो । तर, यथार्थ के हो अहिले पनि आएको छैन’, उनले भने ।

पार्टी विभाजनमा ओली नभएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दोष रहेको बताउँदै भट्टले मदन भण्डारी हत्या प्रसंग निकालेका थिए ।

भट्टले नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको मूख्य भूमिका रहेको पनि आरोप लगाए । ‘अहिले जुन फुट पैदा भएको छ । सकुनी भनेपनि हुन्छ, नारायणकाजीको महत्वपूर्ण भूमिका छ । उनी यस्तो खेलमा निकै पारखी छन्’, भट्टले भने ।

गएको निर्वाचनमा रेमश चौधरीलाई पनि जिताएको बताउँदै भट्टले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारकर्मीहरुसँग आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?