Comments Add Comment

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने

बैंकका १० हजारभन्दा अधिक रेमिटबाट रकम बुझ्न सक्ने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ ।

रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न सक्ने बैंकले जनाएको छ ।

नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा शुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणालीमार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

ग्राहकवर्गले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोलि कुमारी रेमिट फिचरमा क्लिक गरि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका लागी न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

आफ्नो कुमारी स्मार्ट एप्लिकेसनमा उक्त फिचर सम्मिलित गरे पश्चात् पुनः बैंक समयसापेक्ष डिजिटल बैकिङ्ग प्रणालीतर्फ द्रुत गतिमा लम्किँदै गएको वास्तविकता प्रष्ट झल्किएको बैंकले जनाएको छ ।

आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment