+
+
Shares

अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १२:०९

२७ माघ, जनकपुरधाम । प्रदेश २ का अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरी एक पटकका लागि स्वतः स्थायी गर्न माग गरिएको छ ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ ले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउँदै राज्यकोषबाट तलव लिइरहेका यी कर्मचारीलाई लोकसेवा खुल्ला गराई एक पटकका लागि स्वतः स्थायी गर्न पहल गर्न आग्रह गरिएको छ ।

निजामति कर्मचारीका समायोजन तथा पदस्थापना भई अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई रोजगारीबाट नहटाउने गरी पदस्थापना गर्न र संघीय निजामति कर्मचारी ऐनमा समावेश गराउँदै सो सरहको सेवा सुविधा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

यस्तै, नेपाल सरकारका केही कार्यालयमा अझै पनि नेपाल सरकारले तोकेको सुरु स्केल पारिश्रमिक लागू गर्न पहल गर्न, नेपाल सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई नेपाल सरकारले दिएको तलव स्केलमा नघटने गरी सरकारी निकायबाटै यो कार्यको लागि सुरुवात गर्न र तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरिएको छ ।

सर्वाेच्च अदालतको २०७३ साल चैत ९ गतेको अर्थ मन्त्रालयको सहमति अनुसार उपदान र औषधि उपचार खर्च कानुन बनाएर सम्बोधन गर्ने अर्थ मन्त्रालयको निर्णय र २०७४ साल वैशाख २१ गतेको मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गराउन, सरकारी कार्यालयमा ठेकदारी कर्मचारी भर्ना गर्ने प्रथा तत्काल अन्त्य गर्न भनिएको छ ।

त्यस्तै, स्वीकृत दरबन्दीमा कार्यरत रहेका सम्पूर्ण करार कर्मचारीलाई प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ बमोजिम महँगी भत्ता उपलब्ध गराउन र प्रदेश सरकारले आ.ब. २०७७/०७८ को बजेट बक्तव्यको बुँदा नम्बर १३८ मा उल्लेख गरे बमोजिम सम्पूर्ण करार कर्मचारीलाई समेत आन्तरिक पर्यटनमा पठाउने व्यवस्था कार्यान्वयन गर्नका लागि पहल गर्न ज्ञापनमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?