+
+
Shares

‘गोरे सार्की’को तयारीमा अर्जुन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १२:५७

चलचित्र ‘चपली हाइट, चपली हाइट २, चपली हाइट ३, फिटकिरी, फाटेको जुत्ता’ लगायतका चलचित्र निर्माण गरेका निर्माता अर्जुन कुमार अब निर्देशक बन्ने तयारीमा लागेका छन् । अर्जुनले निर्देशन गर्न लागेको डेब्यू चलचित्रको नाम ‘गोरे सार्की’ राखिएको छ । चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम चलिरहेको अर्जुनले बताए ।

यो चलचित्रको छायांकन आउँदो बर्षको जेठ महिनाबाट सुरु हुने अर्जुनको भनाई छ । उनले भने–‘गोरे सार्की थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्र हो । यो चलचित्रको कथा फाइनल गर्न हामीले लामो समय लगाएका थियौं ।’

निर्माताको रुपमा राम्रै चर्चा कमाइरहेका अर्जुनले निर्देशनमा डेब्यू गर्न लाग्नुको कारणबारे भने–‘चलचित्रको बिषयमा धेरै अनुभव बटुलिसकेपछि मैले निर्देशन गर्ने तयारी गरेको हुँ । चलचित्रको कथा फाइनल गर्नका लागि मैले २ महिनादेखि सामाजिक संजाल नै प्रयोग गरेको थिइनँ । आफैले नै निर्देशन गर्ने समय अब आयो भन्ने लागेपछि अगाडि बढेको हुँ ।’

यो चलचित्रमा एक जना कलाकारले शिर्ष भूमिकामा काम गर्ने र अरु कलाकार सहायक हुने उनको भनाई छ । अर्जुनले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ रिलिजको तयारीमा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?