+
+
Shares

राष्ट्र बैंकको प्रस्ताव : विदेशी लगानी भित्र्याउन पूर्वस्वीकृति लिनु नपर्ने

रोयल आचार्य रोयल आचार्य
२०७७ माघ २७ गते १३:०३

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी (रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी नयाँ विनियमावली तयार पारेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय विभागले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाहरुको जानकारीका लागि मंगलबार सार्वजनिक गरेकाे छ । विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले मस्यौदा तयार भएको र सरोकारवालाहरुको सुझाव समेत समेटेर यसलाई अन्तिम रुप दिइने जानकारी दिए ।

‘हामीले नियमावलीको मस्यौदा वेवसाइटबाट सार्वजनिक गरेका छौं, थप सुझावहरु आउँछन् त्यसपछि आवश्यक सुझाव समेटेर फाइनल हुन्छ’ कार्यकारी निर्देशक मिश्रले अनलाइनखबरसँग भने ।

नियमावलीमा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योग दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

यसैगरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति समेत लिनु नपर्ने तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनुपूर्व तोकिएको ढाँचामा लिखित जानकारी दिए पुग्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?