
नायक टाइगर श्राफ र नायिका कृती सेननले बलिउडमा चलचित्र ‘हिरोपन्ती’बाट डेब्यू गरेका थिए । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि थिए । टाइगर र कृतीले चलचित्र ‘हिरोपन्ती २’मा एकसाथ काम गर्ने चर्चा पनि थियो । तर, उनीहरुविच यो चलचित्रमा सहकार्य हुन सकेन ।
तर, अब भने टाइगर र कृतीले चलचित्र ‘गणपथ’मा एकसाथ काम गर्ने भएका छन् । टाइगरले सार्वजनिक गरेको चलचित्रको टिजरमा एक यूवती बाइकमा देखिएकी छिन् । तर, उनको अनुहार भने सार्वजनिक गरिएको छैन ।
भारतीय मिडियाका अनुसार, चलचित्रमा टाइगरसँग नायिका कृती सेननले काम गर्ने पक्का भएको छ ।
टाइगर र कृती एकसाथ पर्दामा देखिदा दर्शकको उत्साह बढ्ने पक्का छ । यो चलचित्रलाई विकास बहालले निर्देशन गर्दैछन् । चलचित्रमा दिपशिखा देशमुख, ज्याक्की बागनानी, वासु बागनानी र पूजा इन्टरटेन्मेन्टको लगानी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4