Comments Add Comment

कर्णाली सरकारले प्रदेशका सबै सञ्चार गृहलाई एक–एक लाख रुपैयाँ दिने

२७ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक÷एक लाख दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बतए ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘कोरोना महामारीको ठूलो असर सञ्चार क्षेत्रमा पनि परेको छ । त्यसैले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने हाम्रो मन्त्रालयले निर्णय गरेको छ ।’

मन्त्री भण्डारीले नेपाली जनताको आशु, रगत र पसिनाबाट लेखिएको संविधानका हरफहरु मेटिने हो कि भन्ने आशंका उब्जिएको बताएका छन् । ‘जनताको बलिदानबाट प्राप्त अधिकार खोसिने हो कि भन्ने यतिबेला नेपाली जनमा एउटा आशंका छ । अब त्यसो हुन नदिन तपाईंहरुका कलम चल्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने ।

पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभामा नौ जना पत्रकार सम्मानित भएका छन् । शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन् ।

त्यस्तै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट खिम बुढा र मानबहादुर वली, वर्ष पत्रकारिता पुरस्कारबाट ललित बुढा र मधुवन बिसी, स्वर्गी पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट गीता थापा सम्मानित भएको महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment