Comments Add Comment

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

२८ माघ, काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो ।

गएराती घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले इन्टरसंग गोलरहित बराबरी खेलेको थियो । तर पहिलो लेगमा हात पारेको २-१ को जितले गर्दा युभेन्ट्सलाई फाइदा पुगेको हो ।

युभेन्ट्सले अब फाइनलमा साविक विजेता नापोली र एटलान्टाबीचको विजेतासंऊ खेल्नेछ । युभेन्ट्सले सर्वाधिक २० पटक कोपा इटालिया जितेको छ ।

पछिल्लो पटक युभेन्ट्सले २०१८ मा यो उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment