Comments Add Comment

दयामाथि निर्माताको विश्वास उस्तै, दर्जन फिल्म पाइपलाइनमा

चलचित्र ‘लुट’मा अभिनय गरिसकेपछि नायक दयाहाङ राइको क्रेज ह्वात्तै बढ्यो । दयालाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या लामो देखियो । दयाले पनि अफर आएका चलचित्रमा काम गर्दै गए । कतिपय साथीभाइका चलचित्र हुन्न भन्न नसकेर गरे भने कतिपय चलचित्र आर्थिक आर्जनका लागि पनि गरे ।

तर, दयाका चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्न सकेनन् । ‘कबड्डी’को ब्रान्डले नै उनको क्रेजलाई टिकाइरह्यो । बक्स अफिसमा सुखद नतिजा नआएपनि दयाको क्रेज भने कमजोर भएको छैन । उनको पाइपलाइनमा देखिएको दर्जन चलचित्रले पनि यो कुराको पुष्टी गर्छ ।

दयाको मुख्य भूमिका रहने गरि लकडाउन अगाडि नै ‘२ नम्बरी र के घर के डेरा’को घोषणा भएको थियो । अब, उनले यी दुई चलचित्रको छायांकन सक्नुपर्नेछ । केही दिन अगाडि मात्र दया र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहने गरि चलचित्र ‘बिहे पास’को घोषणा भयो ।

यस्तै, दयाले नायक सौगात मल्लले निर्माण गर्न लागेको चलचित्र ‘दि सेक्रेट अफ राधा’मा पनि काम गर्दैछन् । यस्तै, उनलाई नै लिएर निर्देशक निश्चल बस्नेत चलचित्र ‘जिन्दाबाद’ निर्देशन गर्ने तयारी गरिरहेका छन् । दयाको क्रेजलाई कमजोर हुन नदिएको चलचित्र ‘कबड्डी ४’ पनि आउँदो बर्षमा छायांकनमा जानेछ ।

उनी मीन भामको ‘इयर अफ कोल्ड’, दीपक रौनियारको ‘स्काइ इज माइन’मा पनि उनले काम गर्ने तयारी गरेका छन् । यी बाहेक दयालाई चलचित्रको अफर आइरहेको छ । उनले, लकडाउनको समयमा आफूलाई दर्जन बढी चलचित्रको अफर आएको बताएका थिए । यसरीहेर्दा, निर्माताले दयालाई अझै पनि विश्वास गरिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा दया जस्ता थोरै मात्र कलाकार छन्, जसले भर्सटायल अभिनय गर्न सक्छन् । यसैले पनि उनको माग कम नभएको हो । तर, दयालाई अझै पनि निर्देशकहरुले ‘लुट’को ह्याङबाट बाहिर ल्याउन सकेका छैनन् । दयाका लागि पनि सबैभन्दा ठूलो चुनौती यही नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment