+

टाइगर कप भलिबल : पुलिसमाथि एपीएफकाे राेमाञ्चक जित

२०७७ माघ  २८ गते १६:०८ २०७७ माघ २८ गते १६:०८
टाइगर कप भलिबल : पुलिसमाथि एपीएफकाे राेमाञ्चक जित

२८ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय टाेली एपीएफले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको राेमाञ्चक खेलमा एपीएफले अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेकाे हाे ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले सुरुवाती दुई सेट २७-२५, २५-२० ले जित्दै खेलमा २-० काे अग्रता बनाएकाे थियाे । तर त्यसपिछ पुलिसले दुई सेट लगातार २५-२०, २५-९ ले जित्दै खेल बराबरीमा पुर्याएकाे थियाे । पाँचाै तथा निर्णायक सेट १५-१० ले जित्दै एपीएफले खेल जितेकाे हाे ।

पहिलाे खेलमा गण्डकी प्रदेशलाई पराजित गरेकाे पुलिसको यो पहिलो हार हो ।

बुधबार नै भएको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३-१ काे सेटमा हराएकाे थियाे ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय