Comments Add Comment

ज्याकलिनसँग अक्षयको जमेको केमेष्ट्री

बलिउड नायिका ज्याकलिन फर्नान्डेज भाग्यमानी मानिन्छिन् । उनले, बलिउडका चर्चित नायकहरु सलमान खान, अक्षय कुमारसँग एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनै, ज्याकलिनले नायक अक्षय कुमारसँग चलचित्र ‘बच्चन पाण्डे’मा काम गर्दैछिन् । यो चलचित्रको छायांकनमा ज्याकलिन अर्को साता जोडिनेछिन् ।

पर्दामा ज्याकलिन र अक्षयको जोडी जमेको देखिन्छ । किनकी, बलिउडका अन्य चर्चित नायकहरुसँग ज्याकलिनसँग सहकार्य नभैरहेको अवस्थामा अक्षयसँग भने उनी एकपछि अर्को चलचित्रमा देखिरहेकी छिन् ।

ज्याकलिनले अक्षयसँग चलचित्र ‘हाउसफूल, हाउसफूल २, हाउसफूल ३, ब्रदर’मा काम गरिसकेकी छिन् । उनी अब अक्षयसँग चलचित्र ‘बच्चन पाण्डे’मा काम गर्ने तयारीमा छिन् । भारतीय मिडियाका अनुसार, ज्याकलिनले अक्षयसँग चलचित्र ‘रामसेतु’मा पनि काम गर्दैछिन् । तर, निर्माणपक्षले यो बिषयमा कुनै आधारिकारिक जानकारी दिएको भने छैन ।

श्रीलंकाकी यी सुन्दरीले बलिउडमा राम्रो चर्चा पाइरहेकी छिन् । नायक सलमान खानसँगको प्रेम सम्बन्धको खबरले पनि उनी बेला–बेलामा चर्चामा आउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment