+
+
Shares

प्रतिगमनविरुद्ध जुटे प्रवासी स्रष्टाहरू

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १२:४६
फाइल तस्वीर

२९ माघ, काठमाडौं । संविधान सभामार्फत बनेको नेपालको संविधान २०७२ को भावना विपरीत प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा गरेको संसद विघटनप्रति प्रवासी स्रष्टाहरूले आपत्ति जनाएका छन् ।

नागरिकको ठूलो त्याग र बलिदानपश्चात् हासिल भएका सामाजिक-राजनैतिक उपलब्धिहरूसमेत खतरामा परेको भन्दै विदेश बसिरहेका साहित्यकार, कलाकारहरूले विरोध जनाएका हुन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रवासी स्रष्टाहरूले भनेका छन्- मधेसी,थारु, दलित, आदिवासी, महिला, जनजाति, मुस्लिमलगायत सीमान्तकृत समुदायलाई थप अधिकार सम्पन्न बनाउँदै लोकतान्त्रिक एवं समतामूलक समाज निर्माणतर्फ उन्मुख हुनुपर्नेमा मुलुकलाई निरङ्कुशतातर्फ धकेल्दै चालिएको प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौँ ।

स्रष्टाहरूले विश्व नै आक्रान्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य र सुरक्षामा केन्द्रित हुनुपर्नेमा आफ्नो कार्यकालको अधिकांश समय आफ्नो दलभित्रको खिचातानी र आन्तरिक कलहमा व्यतित गरिरहेका प्रधानमन्त्रीबाट निरङ्कुश एवं गैरजिम्मेवारपूर्ण बनेको बताएका छन् ।

आह्वानकर्ता स्रष्टाहरूमा अकबरे (दक्षिण कोरिया), अपजसे कान्छा (बेलायत), अभिप वास्ताकोटी (स्विजरल्यान्ड), अमित थेवे ’मिहाङ (बेलायत), अमृत बानियाँ (दक्षिण कोरिया), अमृता नेपाल (अमेरिका), अर्जुन श्री (पोर्चुगल), आर एन (दक्षिण कोरिया), इन्दिरा कँडेल (बेलायत), एन.बी. अन्जान (पोर्चुगल ), एलिजा हुमागाइँ (जर्मनी), किशोर सुब्बा लिम्बु (पोर्चुगल), कृष्ण कुसुम (अमेरिका), कृष्णदत्त भट्ट (केन्या), कृष्ण विश्वकर्मा (युएई), केशवराज ज्ञवाली (अमेरिका), गङ्गा गगन (जापान), गणेश खड्का (सोसिलेल), गणेश बिष्ट (नर्वे), चन्द्र गुरुङ (बहराइन), चन्द्र सम्बाहाम्फे (युएई), जयन्ती मगर सरगम (जापान), जितेन्द्र मल्ल (अष्ट्रेलिया), जीवन खत्री (दक्षिण कोरिया), जेनन नेपाल (अष्ट्रेलिया), तेज विनोद (अमेरिका), दीपक क्षेत्री (इजरायल), नदीश (अमेरिका), नरेश काङमाङ राई (बेलायत), नवीन घिमिरे (अमेरिका), नवीन प्राचीन (क्यानडा), नारायण पोख्रेल (जापान), पदम विश्वकर्मा (बहराइन), पराजित पोमु (दक्षिण कोरिया), प्रकाश राई ’प्राण’ (बेलायत), प्रकाश सुवेदी (दक्षिण कोरिया), मनिष हरिजन (बेलायत), मनु लोहोरुङ राई (अमेरिका), मित्रलाल पार्दै पानी (पोल्यान्ड), योगेश घिमिरे (क्यानडा), रमण (जर्मनी), रविचन्द्र भट्टराई (अष्ट्रिया), राजेश मिश्र (अमेरिका), रुप रसाइली विश्वकर्मा (कतार), रेशम बोहरा (बहराइन), रोशन याक्सो (हङकङ), लक्ष्मण सन्ज्याल (अष्ट्रेलिया), वसन्त देउबा (अष्ट्रेलिया), विवश बेनाम (अमेरिका), विश्वदर्शन नेपाल (अमेरिका), वीरेन्द्रकुमार श्रेष्ठ (कतार), वेहोसी भिम रसाइली (बहराइन), शकुन आँशु (दक्षिण कोरिया), शङ्कर डाँगी (जर्मनी), शरद पोख्रेल (जापान), शिव भुषाल (अमेरिका), शेखर विकल्प (जापान), श्री भवानी नेपाल (युएई), सञ्जय शान्ति सुवेदी (अमेरिका), समुद्रराज घिमिरे (अमेरिका), सुमन सिम्खडा (जर्मनी), सुमित गिरी (जापान), सुरज राना (युएई), सुवास सापकोटा (केन्या), स्पन्दन दिपक खनाल (कोरिया), स्वतन्त्र नेपाल (कतार), हरि नेपाली (युएई), हेम दुलाल (अष्ट्रेलिया), हेम ध्वनी (पोर्चुगल) रहेका छन् ।

विज्ञप्ति जारी गर्ने स्रष्टाहरू प्रवासमा रहेर निरन्तर नेपाली साहित्य लेखनमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?