Comments Add Comment

विन्दास पूजा

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् पूजा शर्मा । लकडाउनको समयमा पनि पूजा विभिन्न कारणले चर्चामा रहिन् । लकडाउन खुलेसँगै पूजाले एकपछि अर्को म्यूजिक भिडियोमा पनि काम गरिन् । उनै, पूजा केही दिन अगाडि निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेको एक म्यूजिक भिडियोको छायांकनका क्रममा अनलाइनखबरको क्यामेरामा कैद भएकी छिन् ।

नायक आकाश श्रेष्ठसँग भिडियोमा काम गरेकी पूजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महशुश गर्छौ । दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।’पूजाले चलचित्रको काम सुरु भएपछि भिडियोमा काम नगर्ने पनि बताएकी छिन् । उनले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिजका लागि तयारी भैरहेको पनि बताइन् ।

नेपाली चलचित्र क्षेत्रकी महंगी नायिकाको रुपमा चिनिएकी पूजा ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजको प्रतिक्षामा छिन् ।

तस्वीरः कमल प्रसाँई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment