+
+
Shares

रामकुमारी पक्राउबारे बुझ्न मानवअधिकार आयोगको टोली अपराध महाशाखामा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १६:४७

२९ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो ।

किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?