
News Summary
Generated by OK AI. Editorially reviewed.- बानेश्वरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जना प्रदर्शनकारीको निधन भयो।
- राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीको हिंसात्मक बल प्रयोगमा अहिलेसम्म कुनै धारणा बनाएको छैन।
- आयोगका अध्यक्ष तपबहादुर मगरले आफू कार्यालय बाहिर रहेको र टोली परिचालन भएको जानकारी दिनुभयो।
२३ भदौ, काठमाडौं । बानेश्वरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वाभाविक बल प्रयोग गरेर गोली चलाएपछि ३ जना प्रदर्शनकारीको निधन भयो ।
सामान्य प्रदर्शनको समेत अनुगमन गर्ने र मानव अधिकारको पालनाको अनुगमन गर्ने राष्ट्रिय मानव अधिकार आयोग भने प्रहरीको हिंसात्मक बल प्रयोगमा मौन छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफू कार्यालयबाट बाहिर रहेको र अपडेट हुन नपाएको प्रतिक्रिया दिए । ‘म त भाषा आयोगको कार्यक्रममा आएको थिएँ, यहीं रोकिएर बसेको छु,’ उनले भने, ‘आयोगका साथीहरू परिचालन हुनुभएको छ, उहाँहरूसँग बुझ्नुस् न ।’
बिहानैदेखि आन्दोलन सुरु भएको र प्रहरीले बल प्रयोग गर्न थालेपछि नागरिकको मानव अधिकार रक्षाका लागि तम्तयार हुनुपर्ने आयोगको नेतृत्व नै मौन देखिएको हो । अध्यक्ष मगरले ‘दुई जनाको मृत्यु भएको खबर भर्खरै थाहा पाए पनि अहिलेसम्म आयोगको आफ्नो धारणा बनिनसकेको बताए ।
उनले भने, ‘हाम्रो टोली खटिएको छ, प्रवक्ता छन्, उनीसँग बुझ्नुस् न ।’
प्रतिक्रिया 4