Comments Add Comment

रामकुमारीको जिम्मा लिइदिन योगेशलाई प्रहरीको आग्रह

नेकपा नेता भट्टराईले जिम्मा लिन मानेनन्

२८ माघ, काठमाडौं । प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।

महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।

प्रहरीले भने त्यहाँ भएकामध्ये कुनै नेताले बुझिलिइदिन आग्रह गरिरहेको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे बोलेको विषयलाई लिएर उजुरी परेको भन्दै महाशाखाले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले यो राजनीतिक विषय भएको भन्दै पक्राउ पूर्जी ल्याउन आग्रह गरिन् ।

लगत्तै महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएको थियो । लगत्तै उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment