Comments Add Comment

माधव नेपालको प्रश्न : मुखमा टेप लगाएर बस्नुपर्ने हो ?

२९ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेकोमा विरोध गरेका छन् । नेकपा सोखुलुम्बुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कुनै पनि मान्छे आलोचनाभन्दा माथि हुन नसक्ने बताए ।

उनले भने, ‘राजा वीरेन्द्रकी श्रीमती ऐश्वर्यबारे पम्फादेवीको नाममा स्वीस बैकंमा भएको खाता के हो भनेर बोलेको होइन ? राष्ट्रपतिमाथि खासै केही भनिएको होइन ।’

बुधबार काठमाडौंमा भएको आमसभामा पनि रामकुमारीले राष्ट्रपति संस्थाको सम्मान गर्ने तर व्यक्तिको हैसियतले गरेको काममा महिला भनेर उन्मुक्ति पाउन सक्नुहुन्न भनेको उनले सुनाए । तर कुनै अपराधीलाई झैं गरेर पक्राउ गरिएको भन्दै उनले अघि भने, बोल्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने हो ?

अपराधीलाई पक्राउ गर्न नसकेको तथा बलात्कारी खुमलखुल्ला हिँडिरहेको भन्दै उनले अघि भने, ‘बलात्कारका घटनामा कति जनाले न्याय पाए ? कति जना थुनामा गए ? यसको जवाफ सरकारले दिनुपर्दैन ?’

गृहमन्त्री स्वयंले आफ्नो पार्टीका अर्का अध्यक्षलाई चिडियाखानामा लगेर थुन्नुपर्छ भनेर बोलेको भन्दै उनले भने, त्यस्तो बोले बापत कारबाही हुन्छ कि हुन्न ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment