Comments Add Comment

काठमाडौंका १५ ठाउँमा ‘वाटर एटीएम’ राखिँदै, एक रुपैयाँमा एक कप पानी

३० माघ, काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा  बिहीबारदेखि काठमाडौंमा वाटर एटीएम संञ्चालनमा आएको छ । एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरे । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्ञ्चालनमा आएको छ ।

वाटर एटीएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटर(एक कप) का लागि १ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटीएमलाई ३ महिना सम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ ।

एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने जानकारी दिए ।

काठमाडौंमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । काठमाण्डौ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटीएमको लागत २ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment