+
+
Shares

वीरगञ्जबाट कटुवा पेस्तोलसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते २०:०७

३० माघ, वीरगञ्ज । पर्साबाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया बस्ने २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साहलाई पक्राउ गरेको हो ।

कटुवा पेस्तोलसहित उनलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

उनी बिआर ५ एएफ ४६४७ नम्बरको मोटसाइकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागि प्रहरीले चेकजाँच गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?