Comments Add Comment

प्रिन्स र दिपेश तथा रशिला र प्राथना उपाधिका लागि भिड्ने

चितवन । एपिएफका दुई खेलाडी प्रिन्स दाहाल र दिपेश धामी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

दुवैले शनिवार सेमिफाइनल खेल जित्दै पुरुष एकलतर्फ फाइनलमा स्थान बनाएका हुन् ।  चितवनमा जारी प्रतियोगितामा एपिएफका प्रिन्स दाहालले पूर्व नम्बर एक खेलाडी भोजपुरका बिकास श्रेष्ठलाई २१-१२, २१-१४ ले पराजित गरे भने राष्ट्रिय च्याम्पियन दिपेशले सेनाका नविन श्रेष्ठलाई २१-१९, २१-१७ ले पराजित गरे ।

यस अघि दुईको भिडन्त १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा भएको थियो । जसमा प्रिन्सले जित हात पार्दै उपाधी जितेका थिए ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाकी रशिला महर्जन र एपिएफकी जेशिका गुरुङ महिला एकलको फाईनल प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन रशिलाले सेनाकै अमिता गिरीलाई २१-१३, २१-१७ ले तथा जेशिकाले सेनाकी अनुमाया राईलाई २१-१७, २१-१५ ले पराजित गर्दै उपाधी नजिक पुगेका हुन् ।

यस्तै सेनाकी रशिला महर्जन छात्रा यू१७ तर्फ पनि फाइनलमा पुगेकी छिन् । उनले कैलालीकी प्राथना देउवासंग उपाधिका लागि खेल्नेछिन् । यू१७ मा रशिलाले पाल्पाकी दीया मास्केलाई २१-२, २१-१५ को सहज जित निकाल्दै उपाधीका लागि कैलालीकी प्राथना देउवाको सामना गर्ने भएकी छिन् । प्रार्थनाले मोरङ्गकी रोज पाण्डेलाई २१-१२ को समान अन्तरले पराजित गर्दै फाईनलमा रशिला संगको भेट पक्का गरेकी हुन् ।

छात्र यु १७ तर्फ सेनाका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बमको जोडी फाईनल पुगे । नागरीले सेनाकै भोजबहादुर गुरुङ्गबाट रिटायर्ड हर्टका आधारमा जित पाए । पहिलो सेट २१-१५ ले गुमाएका भोज दोश्रो सेटमा ११-७ को अवस्थामा खुट्टामा चोट लागेपछि प्रतियोगितालाई विचमानै त्यागे पश्चात नागरीको जित निश्चित भएको थियो । नरेन्द्रले सेनाका हिमाल चन्द माथि २३-२१, १२-२१, २१-११ को कठिन जित निकाले ।

राष्ट्रिय २० बरियता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी फाईनल प्रवेश गर्‍यो । सेनाको जोडीले साईनोका राम बानिया र सुजन थापाको जोडीलाई २१-५, २१-११ ले पराजित गर्‍यो । अर्को खेलमा एपिएफका दिपेश धामी र गौतम कठायतको जोडी फाईनल प्रवेश गर्‍यो । एपिएफका जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१-१४, १९-२१, २१-१३ ले पराजित गर्दै उपाधीका लागि नविन र रत्नको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ ।

राष्ट्रिय २० बरियता बाहेकतर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलको फाईनल प्रवेश गरेका छन् । शनिबार बिहान भएको सेमिफाईनल खेलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडी माथि २१-१७, २१-१५ को सोझो सेटको जित निकाल्दै फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी संगको भेट पक्का गरेका छन् ।

अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्काको जोडीलाई १५-२१, २१-१९, २१-१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी नजिक पुगेका हुन् ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडीले जित निकाल्दै फाईनल यात्रा तय गरे । होना र कपालीको जोडीले पाल्पाका बशन्त बज्राचार्य र महेश मान बज्राचार्यको जोडीलाई २१-१७, १७-२१, २१-१६ पराजित गरे । यस्तै अर्को खेलमा कैलालीका बिरेन्द्र सिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीले जित हात पारे । बिष्ट र लाखेको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीलाई २३-२१, ७-२१, २१-११ ले पराजित गर्दै फाईनल प्रवेश गरे ।

५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधी नजिक पुगे । चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१-८, २१-११ को जित निकाले । अव उक्त जोडीले फाईनलमा उपाधीका लागि बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१-१०, २१-७ ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment