Comments Add Comment

लिभरपुलको लगातार तेस्रो हार, अन्तिम १२ मिनेटमा तीन गोल गर्दै लेस्टर विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलको खराब प्रदर्शन यस सिजन जारी छ । गोलकिपर र डिफेन्सको खराब प्रदर्शन कायम रहँदा लिभरपुल शनिबार लेस्टर सिटीसँग ३-१ ले पराजित भयो ।

खेलमा लिभरपुलले पहिले अग्रता लिएको थियो तर लेस्टरले अन्तिम १२ मिनेटमा तीन गोल फर्काउँदै खेल जितेको हो ।

लेस्टरको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६७औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन नसकेको लिभरपुलले डिफेन्समा पनि गल्ती गर्‍यो ।

जेम्स म्याडिसनले ८९औं मिनेटमा फ्रिकिकमार्फत लेस्टरका लागि बराबरी गोल गरे । जेमी भार्डीले ८१औं मिनेटमा गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए । गोलकिपर एलिसन बेकर र डेब्युटान्ट ओजान काबाकको तालमेल नमिल्दा भार्डीले खाली पोष्टमा गोल गरेका थिए । ८५औं मिनेटमा हार्भे बार्न्सले गोल गरेपछि लेस्टरले ३-१ को जित हात पारेको हो ।

लिगमा लिभरपुलको यो लगातार तेस्रो हार हो । यसअघि ब्राइटन र म्यानचेष्टर सिटीसंग पराजित भएको थियो ।

साविक विजेतालाई हराएपछि लेस्टर २४ खेलबाट ४६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ४५ अंकसहित तेस्रो स्थानमा झरेको छ । २२ खेलबाट ५० अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

पराजित लिभरपुल २४ खेलबाट ४० अंकसहित चौथो स्थानमै यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment