Comments Add Comment

रुपन्देही सुपरलिग क्रिकेटमा सैनामैना डिभिजन एमा प्रवेश

२ फागुन, बुटवल । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन (बी) को खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गर्दै सैनामैना डिभिजन (ए) मा बढुवा भएको छ ।

टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै बनायो ।

उसका लागि सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए । बलिङतर्फ सैनामैनाका उदय पन्तले ९ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ५ विकेट लिए । यस्तै, विशाल भुसालले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले १९ ओभर ४ बलमा ३ विकेट क्षतिमा ९२ रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सरोज पौडेलले नटआउट ४१, अंकित परियारले १६ रन बनाए । बलिङतर्फ प्रोफेसनलका अनिल जैसवारले २ र जितेन्द्र साहनीकाले १ विकेट लिए । उदय पन्त म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए ।

सोमबार शंकरनगर क्रिकेट क्लब र ज्ञानोदय क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार, उपविजेताले ४० हजार, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदीयमान खेलाडीले ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment