Comments Add Comment

प्रदिप र रेनुको ‘प्रकाश’ निर्माणको घोषणा

विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘प्रकाश’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौको पाँच तारे होटल याक एन्ड यतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जुम्लाका विभिन्न स्थानमा छायांकन हुने चलचित्रको घोषणा गरियो ।

जुम्लामा जन्मिएको एक शिक्षित यूवाको सरकारी विद्यालयमा शिक्षक बन्ने सपना र यसका लागि उसले गरेको संघर्षको कथामा यो चलचित्र बन्नेछ । महेन्द्र अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । पत्रकार सम्मेलनमा दिनेशले भने–‘म कुनै पनि पात्रको गहिराइमा पुगेर उसको मनोविज्ञानलाई चलचित्रमा केलाउन चाहन्छु । प्रकाशले पनि यस्तै एक पात्रको कथालाई भन्नेछ ।’

राजेश श्रेष्ठको छायांकन रहने चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रका कास्टिङ डिरेक्टर अनुप बराल हुन् । यो चलचित्रमा नायक प्रदिप खड्का, कलाकार दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ । यही चलचित्रबाट नायिकाको रुपमा रेनु योगीले डेब्यू गर्दैछिन् ।

पत्रकार सम्मेलनमा नायक खड्काले भने–‘कुनै पनि चलचित्रमा अभिनय गर्नु अगाडि त्यो चलचित्र किन बन्न आवश्यक छ भन्ने वुझ्न आवश्यक छ । मलाई प्रकाश बन्न आवश्यक छ भन्ने लाग्यो र मैले काम गर्ने सोच बनाएको हुँ ।’

यो चलचित्रका लागि प्रदिपले ७ केजी तौल घटाएका छन् । प्रदिपले चलचित्रको माध्यमबाट लाखौ मानिसलाई शिक्षित बनाउन सकिने भन्दै यो चलचित्रले सोही कथा भन्ने बताए ।

तारा प्रकाश लिम्बु, एलिस कार्की, दिपक शर्माको संगीत रहने चलचित्रमा जीवन थापाको सम्पादन रहनेछ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र निर्माता तथा कलाकार दीपकराज गिरीले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment