Comments Add Comment

घुस लिएको आरोपमा गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की पक्राउ

४ फागुन, काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुस लिएको आरोपमा पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको रिसालले बताए । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको रिसालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment