+
+
Shares

‘मेरो एउटा साथी छ २ र प्रसाद २’पछि ‘नोभेम्बर रेन २’बाट टाढिए दिनेश

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते ११:१६

नेपाली चलचित्रका मेकरहरुमा हिट चलचित्रको सिरिज वा सिक्वेल बनाउने लहर नै चलेको छ । ‘नाई नभन्नु ल ६’को तयारी निर्देशक विकासराज आचार्यले गर्दै गर्दा दिपकराज गिरीले ‘छक्का पन्जा ४’को तयारी गरिरहेका छन् । ‘ए मेरो हजुर ४’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

‘प्रसाद २, नोभेम्बर रेन २’ लगायतका चलचित्रको निर्माण हुने पक्का भैसकेको छ । हिट चलचित्रको सिरिज वा सिक्वेल बनाउँदा दर्शक हलसम्म आउने र व्यापारिक रुपमा सफल हुने विश्वास निर्माताको छ ।

तर, निर्देशक दिनेश राउत भने यो कुरामा विश्वास गर्दैनन् । चलचित्र ‘नोभेम्बर रेन २’ निर्माणको तयारीमा निर्माता सुवास गिरी लागिरहँदा निर्देशक राउतले भने सिरिज वा सिक्वेल किन बनाउने भनेर प्रश्न राखेका छन् ।

उनले भने–‘चलचित्र हिट भएपछि पछाडि २, ३, ४ थपेर बनाएपछि दर्शकको भीड लाग्छ र व्यापारिक रुपमा सफल हुन्छ भन्ने विश्वास धेरैको होला । तर, कुनै पनि चलचित्रको सिरिज वा सिक्वेल किन बनाउने भन्ने मुख्य प्रश्न हो । म चलचित्रलाई व्यापारिक रुपमा मात्र हेर्दिनँ । नोभेम्बर रेन २ नाम राखेर कथा खोज्ने कि कथा लेखिसकेपछि कथाले नाम माग गर्यो भने राख्ने भन्ने कुरा मुख्य हो ।’

दिनेशले चलचित्र ‘प्रसाद’ले सिक्वेलको माग नगर्ने भन्दै ‘प्रसाद २’को निर्देशन गर्न अस्विकार गरेका थिए । चलचित्र ‘मेरो एउटा साथी छ २’ पनि उनले सिरिज भएकै कारण छाडेको बताइन्छ ।

उनले चलचित्र ‘नोभेम्बर रेन २’ पनि नगर्ने संकेत गरेका छन् । यसैले, ‘नोभेम्बर रेन’ जस्तो हिट चलचित्र दिएका दिनेशले यसको सिरिजमा काम नगर्ने संकेत गरेपछि यसका निर्माता सुवास गिरीले निर्देशक भने खोज्नुपर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?