+
+
Shares

तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १९:१७

५ फागुन, काठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ सुर्खेतमा आयोजना हुने भएको छ ।

फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई निषेद गरिएको छ । प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाइने छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सबै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपाल तेक्वान्दो संघका सदस्य एवं महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्यालले जानकारी दिइन् ।

करिब ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै शीर्ष तीन टिमले नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै जुनियर तथा सिनियर विद्याका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा संयोजक नन्दा बस्यालद्वार हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?