Comments Add Comment

डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै

६ फागुन, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको बिहीबार श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ ।

दिउँसो हररिपुर नगरपालिका-१ हजार बिगाहामा आयोजना हुने श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आउँदैछन् ।

वाग्लेको तेह्रौ दिनको तिथिको अवसर पारेर श्रद्वाञ्जली सभाको आयोजना गरिँदैछ । श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका तीनवटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

स्व. वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुखहरुले बताएका छन् ।

बिदा दिने बरहथवा र बागमतीका प्रमुख तत्कालीन माओवादीबाट जितेका हुन् भने हरिपुरका प्रमुख माधवकुमार नेपाल निकटका हुन् ।

हरिपुर नगरपालिका घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका ९ स्थित नयाँरोड-बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए ।

उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी मोटरसाइकलमा फर्कँदै गर्दा ९ बजे वाग्ले मृत अवस्थामा फेला परेपछि नेकपाका नेताहरुले घटनाको छानबिनको माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment