Comments Add Comment

सीआईबीका दुई अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

६ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।

कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् ।

ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापाका अनुसार संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले उनीहरुलाई यो अवार्ड दिएको हो । सीआईबीका अधिकृतले यो अवार्ड पाउनुले नेपाल प्रहरी अपराध अनुसन्धान अब्बल छ भन्ने पुनः एक पटक प्रमाणित भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment