Comments Add Comment

म्यूजिक भिडियोमा ‘माग्ने बुढा’को पारिश्रमिक ५ लाख

लकडाउनपछि नेपालमा बग्रेल्ती म्यूजिक भिडियो बनिरहेका छन् । भिडियोमा काम गरेर धेरै कलाकारले राम्रै आम्दानी पनि गरिरहेका छन् । चलचित्रमा काम गरेका कलाकारले भिडियोका लागि १ लाखसम्म पारिश्रमिक लिदै आएका छन् ।

पल शाह, पूजा शर्मा, आकाश श्रेष्ठ, वर्षा राउत, वर्षा सिवाकोटी लगायतका कलाकार सर्वाधिक महंगो पारिश्रमिक लिन्छन् । तर, एक म्यूजिक भिडियोमा काम गरे वापत हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ५ लाख पारिश्रमिक वुझेका छन् ।

‘इस’ बोलको गीतमा काम गरेवापत केदारले ५ लाख पारिश्रमिक लिएका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केदारले ५ लाख लिएको स्विकार गरे । उनले भने–‘यो गीत मन परेपछि मैले यसका निर्मातालाई भिडियोको अधिकार आफूलाई दिन आग्रह गरेको थिएँ । तर, उहाँले भिडियो आफै सार्वजनिक गर्ने भन्दै मेरो पारिश्रमिक सोध्नुभयो । मैले ५ लाख लिएर काम गर्छु भने । उहाँले मलाई ५ लाख दिन तयार हुनुभयो ।’ आफूले पारिश्रमिक वुझिसकेको केदारले बताए ।

भिडियोमा ५ लाख लिएर काम गरेका केदार सर्वाधिक महंगो मोडल समेत बनेका छन् । तर, आफूले निरन्तर भिडियोमा काम नगर्ने उनको भनाई छ । उनले भने–‘मलाई गीत पनि मन परेको थियो, यसैले काम गर्न तयार भएको हुँ ।’

सम्राट चौलागाँइको शब्द तथा संगीत रहेको यो गीतमा सम्राट र रचना रिमालको स्वर छ । भिडियोमा पल शाह, गीता ढुंगाना, केदार प्रसाद घिमिरे, दिपाश्री निरौला, निर्मल शर्मा, सन्देश लामिछाने, सुमन गिरी लगायतको अभिनय हेर्न सकिन्छ ।

यो गीत तयार भएपछि केदारले नै संचालन गर्दै आएको ‘आमा अग्नी कुमारी मिडिया’बाट सार्वजनिक भएको छ । केदारले भने–‘पछि सम्राटजीले नै मलाई गीत मेरै च्यानलबाट सार्वजनिक गरौं भन्नुभयो । गीतको शत प्रतिशत आम्दानी उहाँलाई नै दिनेगरि सहमती भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment