+
+
Shares

३५४१ नमुना परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १७:१८

६ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ५४१ जनाको परीक्षण गर्दा ४२ जना महिला र ५४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६९ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने २०५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ६०३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १०५२ जनाको होम आइसोलेसनमा छन् भने ६१ जनाको आईसीयू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?