+
+
Shares

आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व हो : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते ७:४५

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अंगभंग भएकाहरुप्रति सम्मान व्यक्त गरेकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?