+
+

प्रदेशमा अस्थिरता सिर्जना गर्न अविश्वासको प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

हरि अधिकारी हरि अधिकारी
२०७७ फागुन ७ गते १२:०४

७ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल  गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ, सरकार भाग्न खोजेको छैन, पन्छिन खोजेको छैन ।’

उनले अघि भने, ‘हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं । ती प्रश्न हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन्, संविधान, कानुनबाट निर्देशित दलीय कानुन र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्, त्यसमा हामी लचिलो हुन सक्दैनौं ।’

प्रदेश सरकारले जनताको शीर झुक्ने कुनै काम नगरेको मुख्यमन्त्री राईले बताए । प्रचण्ड–माधव समूहतर्फ इंगित गर्दै उनले भने, ‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं । सिंगो प्रदेश र प्रदेशवासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौं, यो कुरा पनि शीर ठाडो पारेर भन्न चाहन्छु ।’

उनले देश ताजा जनादेशका लागि निर्वाचनमा गएको बताउँदै आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने बताए । ‘निर्वाचन हाम्रो चाहना थिएन,’ उनले भने, ‘देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने प्रयास भएको कारणले प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु भएको छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?