Comments Add Comment

आँचल र प्रकाशले गरे एक अर्काको प्रशंसा

नायिका आँचल शर्माले गायक तथा नायक प्रकाश सपुतसँग दोश्रो पटक भिडियोमा सहकार्य गरिन् । ‘यो विछोड हो कि माया’ बोलको गीतमा प्रकाशसँग काम गरेकी आँचलले भनिन्–‘मलाई उहाँ यति खतरा कलाकार हो भन्ने लागेको थिएनँ । पर्दा अगाडि त उहाँ राम्रो कलाकार हो नै, पर्दा पछाडि पनि उहाँ कुनै न कुनै भूमिकामा डुबिरहनु हुँदोरहेछ । यसैले पनि हामीलाई छायांकन गर्न सहज भयो ।’

तर, प्रकाशले साइकल चलाउन नजान्दा सुटिङ लम्बिएको आँचलले बताइन् । उनले भनिन्–‘साइकल चलाउन नजान्दा उहाँ धेरै पटक लड्नुभयो । यसैले पनि छायांकन एक दिन लम्बियो ।’

यो गीतमा गायिका रचना रिमाल र रोमन प्रकाशको स्वर छ । रचनाले आफैले आएको गीतको भिडियो हेर्दा शरीरमा धेरै पटक काँडा उम्रिएको बताइन् । गीतको भिडियो हेर्दा आफू रोएको पनि उनले सुनाइन् ।

उत्तम विचारको शब्द रहेको यो गीतमा रिमेश कुमारको संगीत छ । गायक तथा नायक प्रकाश सपुतले पनि नायिका आँचल शर्माको प्रशंसा गरे । उनले भने–‘आँचलजी निक्कै नै सहयोग हुनुहुँदोरहेछ । समयको कुरामा पनि उहाँमा परिपक्कता देखियो । बिहान ४ बजे छायांकन राख्दा पनि उहाँ तयार हुनुभयो । एउटा भिडियोका लागि उहाँको मिहिनेत तारिफयोग्य छ ।’

सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment