Comments Add Comment

म्यानमार : सैनिक ‘कू’विरुद्धको आन्दोलनमा गोली लागेकी महिलाको मृत्यु

७ फागुन, काठमाडौं । म्यानमारमा सेनाले गरेको ‘कू’विरुद्धको प्रदर्शनमा गोली लागि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले हानेको गोली महिलाको टाउकोमा लागेको थियो ।

गत साता प्रदर्शन रोक्न प्रहरीले चलाएको गोली म्या थवे थवे खाइङलाई लागेको थियो । त्यसपछि उपचार गराइरहेकी उनको मृत्यु भएको हो । म्यानमारमा अहिले सेनाले गरेको कूको विरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ । शुक्रबार म्यानमारको न्यपेतमा रहेको अस्पतालले स्थानीय समयअनुसार ११ बजे उनको मृत्यु भएको पुष्टि गरेको हो ।

प्रदर्शनमा घाइते भएकी खाइङलाई उपचार गराएको भन्दै अस्पताल प्रशासनले पनि ठूलो दबावको सामना गर्नुपरेको बताएको छ । म्यानमारको सम्बन्धित निकायले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ । म्यानमारमा अझै पनि सेनाविरुद्धको प्रदर्शन जारी छ । प्रदर्शकारीहरुले सेनाले सत्ता जनताको हातमा सुम्पिनुपर्ने माग गर्दै आएका छन् । सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि नै यो कदम चाल्नुपरेको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment