Comments Add Comment

अपराजित रहँदै राष्ट्रिय महिला लिग च्याम्पियन बन्यो एपीएफ

लिग उपाधिमा ह्याट्रिक

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

७ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गरेपछि एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।

दुई खेलअघि नै लिग उपाधि पक्का गरेको एपीएफले सबै १२ खेल जितेको हो । शुक्रबार आर्मीलाई पराजित गर्ने क्रममा एपीगफका लागि सरु लिम्बूले २ र अनिता केसीले १ गोल गरे ।

४५ औं मिनेटमा सरु लिम्बुले अनिता केसीको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

८६ औं मिनेटमा अनिता केसीले अन्जली योञ्जनको पासमा गोल गरिन् । यस्तै सरुले इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् । यसअघि राष्ट्रिय महिला लिगकै पहिलो चरणमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको थियो ।

एपीएफले लिगका कुल १२ खेलमा ७७ गोल गरेको छ भने १ गोलमात्र खाएको छ । एपीएफले गरेका गोलमध्ये ४३ वटा सावित्रा भण्डारीले मात्रै गरेकी हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक डबल राउण्ड रोविनका आधारमा महिला लिग आयोजना गरेको हो । जसमा तीन विभागीय टोलीसहित छनोट खेलेर आएका चारवटा नगरपालिका/महानगरपालिकाको टिम सहभागी थिए ।

एपीएफले यसअघि २०७४ र २०७५ सालमा महिला लिगको उपाधि जितेको थियो । पहिलो पटक आयोजना भएको डबल लिग जित्दै एपीएफ महिला लिगको उपाधिमा ह्याट्रिक गर्ने पहिलो टिम समेत बनेको छ ।

च्याम्पियन एपीएफले उपाधिसहित नगद १५ लाख रुपैयाँ पाएको छ । यस्तै उपविजेता आर्मीले ८ लाख रुपैयाँ पाएको छ । तेस्रो भएको पुलिसले ५ लाख  र चौथो भएको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ पाएको छ ।

लिगमा एपीएफको नतिजा

एपीएफ ६-० चन्द्रपुर

एपीएफ ७-० विराटनगर महानगरपालिका

एपीएफ २-० आर्मी

एपीएफ ३-० पुलिस

एपीएफ ३-० वालिङ नगरपालिका

एपीएफ २२-० चौदण्डीगढी नगरपालिका

एपीएफ १४-० चौण्डीगढी नगरपालिका

एपीएफ ८-० चन्द्रपुर नगरपालिका

एपीएफ ६-० वालिङ नगरपालिका

एपीएफ २-१ पुलिस

एपीएफ १-० विराटनगर  महानगरपालिका

एपीएफ ३-० आर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment