Comments Add Comment

टेक्सासमा संकट पर्दा बिदामा गएको भन्दै सिनेटर टेड क्रुजको आलोचना

७ फागुन, काठमाडौं । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग एबोटले बिहीबार राज्यको सबै पावर प्लान्टले काम गर्न थालेको बताएका थिए । तर, अझै पनि लाखौं मानिस विना बिजुली बसिरहेका छन् । पछिल्लो केही दिनयता टेक्सासमा निकै चिसो र बढेको छ भने व्यापक मात्रामा हिमपात भइरहेको छ । भारी हिमपातको कारण अत्यावश्यक सेवा पनि रोकिएको छ ।

टेक्सासका अधिकारीहरुले अझै केही दिन पावर ग्रिडको अवस्थामा सुधार नआउने चेतावनी दिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिले टेक्सासका तीन लाख २५ हजार मानिसहरु विना बिजुली बसिरहेका छन् । बुधबार यो संख्या २७ लाख थियो । पानीको आपूर्तिमा पनि अवरोध सिर्जना भएको छ । चिसोको कारण टेक्सासमा २१ जनाको मृत्यु भइसकेको छ । टेक्सास समस्यामा परिरहँदा त्यहाँका सिनेटर टेड क्रुज भने आफ्नो परिवारसहित बिदा मनाउन मेक्सिको पुगेका छन् ।

बिदा मनाउन गएको विषयमा क्रुजको चर्को आलोचना भएको छ । बिहीबार क्रुजले आफ्नी छोरीको लागि यसअघि नै मेक्सिको जाने योजना बनाएकोले सोही योजनाअनुसार बिदामा आएको बताएका थिए । यसअघि बुधबार उनले शेयर गरेको फोटोमा मानिसहरुले टेक्सासका मानिसहरु संकटमा पर्दा बिदा मनाउन गएको भन्दै क्रुजको आलोचना गरेका थिए । यद्यपि क्रुजले भने यस विषयमा आफ्नो यात्रा बचाउ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment