+
+
Shares

मित्रसेन दाहालको निधनमा आनद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १९:४७

नेपाल विज्ञापन संघका पूर्व संयोजक एवम् समाजसेवी मित्रसेन दाहालको शुक्रबार विहान भएको असामयिक निधनले मर्माहत बनाएको नेपाल विज्ञापन संघले बताएको छ ।

‘तत्कालीन नअवस्थामा नेपाली विज्ञापन व्यवसायको उत्थान र प्रवर्द्धन गर्दै समय सापेक्ष बनाउन र नेपाल सरकारसँग नेपाल विज्ञापन संघको सम्बन्धलाई सुमधुर बनाउन अतुलनिय योगदान पुुर्‍याउनुहुने दाहाल एक असल समाजसेवी पनि हुनुुहुन्थ्यो,’ संघले भनेको छ,’काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ४, लप्सेफेदीस्थित वृद्धाश्रम समेत सञ्चालन गर्दै आएका दाहालको निधनले एक कुशल समाजसेवी समेत गुमाएको छ ।’

दाहाल विभिन्न संघसंस्थामा समेत आवद्ध थिए भने नेपाल प्रिन्टर्स-कोअपरेटिभका सञ्चालक अध्यक्ष समेत हुन् ।

‘नेपाल विज्ञापन संघ परिवारले उहाँको निधनवाट एक असल, दुरदर्शी एवम् कुशल विज्ञापन व्यवसायी गुमाएको छ भने नेपाली विज्ञापन एवं संचार उद्योगले अपुरणिय क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’ संघले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?