९ फागुन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-७ स्थित नमस्कार होटेल एण्डमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
दुई दिनयता होटलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार महिला होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा शनिबार राति मृत फेला परेकी हुन् ।
मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-२ बस्ने समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले जनाएको छ ।
उनी दुई दिनअघि आफ्ना श्रीमानविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन पुगेकी थिइन् । उजुरी दिएर उनी होटेलमै बसेको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4