+
+
Shares

बाघको आक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १८:२१

२३ पुस, सुर्खेत । बाघको आक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुन्नेमा भेरीगंगा नगरपालिका—५, गेरवानीकी ५७ वर्षीया गंगा सारू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार सारू मंगलबार बिहान ८ बजे घरबाट सकैलाई खबर नगरी जंगलतिर निस्केकी थिइन् । तर बुधबार बिहान भने उनका दुई नातिनीले बाख्रालाई घाँस काट्न सालघारी गएका बेला गंगाले लगाएका कपडा र चप्पलसहित रगतका टाटा देखेका थिए । ‘पछि खोजतलास गर्दै जाँदा त्यो भन्दा करिब ६०० मिटर पूर्वतर्फ गंगाको टाउको पनि भेटिएको थियो’ डीएसपी बुढथापाले भने ।

पछि परिवारले अस्थायी प्रहरी पोस्ट बबईमा जानकारी गराएका थिए । बबई प्रहरी पोस्टबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसमेत घटनास्थलतर्फ खटाइएका थिए ।

खोज तलासको क्रममा टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ गंगाको शरीरका अन्य भागहरू फेला परेको प्रहरीले जनाएको छ । बाघले महिलाको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा बाँकी शरीर फेला परेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?