Comments Add Comment

पर्वतीय खेलकुद महोत्सव स्थगित

९ फागुन, काठमाडौं । यही फागुन तेस्रो सातदेखि गण्डकी प्रदेशमा तय भएको आठौं पर्वतीय खेलकुद महोत्सव स्थगित भएको छ । माउन्टेन स्पोर्टस फेडेरेसनले शनिबार एक विज्ञप्ति जारी गर्दै महोत्सव तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

महोत्सव गण्डकी प्रदेशको विभिन्न जिल्लमा फागुन २० गतेबाट चैत २० सम्म आयोजना हुने तालिका रहेको थियो ।

फेडेरेसनले प्राविधिक कारण महोत्सव स्थगित गरिएको जनाएको छ । फेडेरेसनले स्थगित महोत्सवको नयाँ मिति चाडै तय हुने समेत जनाएको छ । महोत्सवमा विभिन्न १५ खेलहरुको प्रतियोगिता हुने कार्यक्रम थियो ।

महोत्सवमा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment