
९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको महिलाहरुको प्रदर्शन नाराबाजीसहित बसन्तपुर पुगेको थियो ।
विरोध प्रदर्शनको नेतृत्व स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, अनेम संघका इन्चार्ज अमृता थापामगर, नेतृ शशी श्रेष्ठ लगायतले गरेका थिए ।
प्रदर्शनकारीले संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्टाचारीमाथि कारवाहीको माग गरिएको प्लेकार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4