Comments Add Comment

टी-२० क्रिकेट : धादिङ समाज र त्रिपुरासुन्दरी फाइनलमा

९ फागुन, धादिङ । धादिङ समाज नीलकण्ठ र त्रिपुरासुन्दरी क्रिकेट क्लब धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

आइतबार भएको सेमिफाइनलमा त्रिपुरासुन्दरीले मलेखु क्रिकेट क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै धादिङ समाज निलकण्ठले विशाल ज्योती युवा क्लवलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा त्रिपुरासुन्दरी क्रिकेट टिमले मलेखुलाई १३ रनले हरायो । त्रिपुरासुन्दरीले १०९ रनको टार्गेट दिएको खेलमा मलेखु क्रिकेट टिम ९५ रनमा सीमित भएपछि त्रिपुरासुन्दरी फाइनल पुगेको हो ।

दोस्रो सेमिफाइनलमा धादिङ समाज निलकण्ठले विशाल ज्योती युवा क्लव विशालटारलाई ९ विकेटले पराजित गर्दै त्रिपुरासुन्दरीसँग उपाधि भेट पक्का गरेको हो । विशाल ज्योतीले दिएको ९९ रनको टार्गेट धादिङ समाजले १ विकेट गुमाएर पूरा गरेको हो ।

चन्द्रोदय मावि विशालटारको खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउनेछन् भने उपविजेताले १५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment